Logo
भिडियो

पुर्बेली लिम्बु प्रचलनमा जाउँ डाँडै काटेर (भिडियो सहित)


काठमाडौं । नेपालको पुर्बेली संस्कार र संस्कृतिलाई टपक्कै टिपेर गीत संगीतको नाममा भण्डारण गर्न माहिर चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले फेरि अर्को गीतको भिडियो सार्वजनिक गरेका छन् । अर्ग्यानिक शब्द, लय र आवाजमा अब्बल अभियन्ताको पहिचान स्थापित गर्न सफल स्रस्टा खगेन्द्रको शब्द रचना र आवाजमा जाउँ डाँडै काटेर बोलको गीतको भिडियो सार्वजनिक भएको हो । 

कसैसँग माया प्रेम बसेपछि उमेर हेरिदैन भन्ने सन्देश गीतको भिडियोले दिएको छ । खगेन्द्र यक्सो लिम्बु र श्रेयसी चेम्जोङको आवाज रहेको गीतको संगीत नयन सुब्बाले गरेका हुन् भने संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् । 

मौलिक यस गीतको भिडियोमा योगेन्द्र राई र सिता तुम्बाहाङ्फेले रोमाञ्चक अभिनय गरेका छन् ।  पूर्वको रमण्ीय र चर्चित पर्यटकिय स्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्माको प्राकृतिक सुन्दरताको दृष्यलाई कैद गरिएको भिडियोको छायाँकन र सम्पादन मेघराज मग्रातीले गरेका छन् भने भिडियोको निर्देशन यस गीतका गायक तथा गीतकार खगेन्द्र यक्सोले नै गरेका छन् । 

बाँकी यो भिडियोमा हेर्नुहोस् :