पछिल्लो ब्यापक चर्चामा आएका मोडल तथा निर्देशक सुनिल क्षेत्रि र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘माया हुन्छ हुन्छ‘ सार्बजनिक भएको छ । गायक गीतमा हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वरमा रहेको गीतको लय तथा शब्द बिदुर आपगाइँले गरेका हुन् ।
चलचित्र निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त भिडियोले थोरै समयमा चर्चा बटुल्न सफल भएको छ । थुप्रै नेपाली चलचित्रहरू निर्देशन गरिसकेका निर्देशक पाण्डेद्वारा निर्देशित पछिल्लो म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरेका छन् । दोहोरी गीत भएपनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक पाण्डेले बताए ।
‘दोहोरी गीत हो । कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छु ’, उनले भने, ‘म्युजिक भिडियो राम्रो बनेको छ ।’ भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ ।