Logo
भिडियो

लकडाउनमा रानीको ‘फुल होइन मेरो माया’ ( भिडियो सहित )


लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका रानी शाक्यले आफ्नो नयाँ सिर्जना ‘फुल होइन मेरो माया’ सार्वजनिक गरेकी छिन् ।

हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । कोरना कहर बीच सेवा पुर्याइरहेकी शाक्यले संगीत मार्फत मन बहलाउन लभ भर्सनको रोमाण्टिक गीत सार्वजनिक गरेकी हुन् ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द लक्ष्मी श्रेष्ठको रहेको छ । गीतमा संगीत ओम कर्माचार्यको रहेको छ ।

गायिका शाक्यका यसअघि ‘को हो त्यो’, ‘मेरो प्रियतम’, ‘हरपल तिम्रो’, ‘यो वैँशको मात’, ‘सुरुवात’, ‘पहिलो माया’, ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् । चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी, सहदेव ढुंगाना, लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यको हाल सम्म डेढ दर्जन गीत सार्वजनिक गरिसकेकी छिन् ।

स्वयम् गायिका शाक्यको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन् ।आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायिका शाक्यले बताएकी छिन् ।