मोडल समिर खान र अमृता भट्टको फिचरिङमा रहेको ”आइफोनबाटै देउन चुम्मा” गीत युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अमृत कुमार भट्ट र गायिका लतासा जोशीको आवाज रहेको छ । बजारमा डान्सिङ गीतहरुको माग बढी रहेको अवस्थामा आम दर्शक तथा स्रोताको लागी भिन्न किसिमको गीत प्रस्तुत गरिएको छ ।
गीतमा युवा युवती विचको प्रेम प्रसङगलाई समेटिएको छ । अमृता भटटको शब्द तथा अमृत कुमार भटटको संगीत संयोजन गीतमा रहेको छ । युवा अवस्था विचको प्रेमको कडा प्रसङगलाई गीतमा गायक भटटले समेटेका छन् ।
सुशिल डाँगीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”आइफोन बाटै देउन चुम्मा” गीतको भिडियोमा पछिल्लो समयमा निकै रुचाइएका मोडल समिर खान र अमृता भट्टको फिचरिङ रहेको छ ।