Logo
भिडियो

उखु किसानहरुले भुक्तानी नभएसम्म काठमाडौं नछाड्ने चेतावनी (भिडियो)


देशभरका उखु किसानहरुले आफ्नो बक्यौता नपाएको भन्दै सिंहदरवार अगाडि धर्ना दिएको एक साता बितिसक्दा पनि सरकारले किसानलाई भुक्तानी दिलाउन सकेको छैन ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको बक्यौता भुक्तानी नगर्ने उद्यमीलाई पक्राउ गरेर भए पनि भुक्तानी गराएरै छाड्ने प्रतिवद्धता जनाउन छाडेका छैनन ।

उखु किसानको दुःख कहिले हट्ला रु किसानहरु निकै चिन्तित छन् । सरकार आश्वासन दिन छाड्दैन । भन्छ–श्रमको मूल्य दिलाएरै छाड्छौं, चाहे रकम नदिने उद्यमीलाई पक्राउ नै गर्न किन नपरोस् ।

तर, कहिले सरकार ? यो प्रश्न यो चिसोमा माइतीघर मण्डलामा धर्ना दिन बाध्य किसानले सोध्ने गरेका छन्, सरकार उही जवाफ अब छिट्टै । एक वर्ष भयो, सहमतिमा हस्ताक्षर गरेको, त्यो पनि सरकारको रोहवरमा ।

काठमाडौं आएर पटक–पटक गुनासो गर्दा पनि रकम हात पर्ने अझै छाँटकाँट छैन । आफैले रकमका लागि सहमति गराएको सरकारको उही रटान ! यो चिसोमा किसानहरु आशामै बसेका छन्, काठमाडौंमा रहेको सरकारले बक्यौता दिलाइदिन्छ कि ।