महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा केसी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी” सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबासबाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन् ।
बजारमा आएको “ढुंगे छपनि“ बोलको गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्रदेशी गायक सुर्य खड्काको लय रहेको छ ।
दुर्गा पौडेलको छायाँकन, चर्चित निर्देशक शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम् शंकर बिसीको अभिनय देख्न सकिन्छ। गीतका हरेक शब्दमा हाम्रो ठेट नेपाली शब्दलाइ जस्ताको त्यस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ ।
जापानको पेन्टा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुरालीको संगीत संयोजन रहेको छ । लोकप्रिय सर्जक केशव पौडेलको युटुब् च्यानलबाट बजारमा आएको उक्त गीतले कति दर्सक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ। गीतले पूर्णसफलता पाउँन सकोस् हाम्रो तर्फबाट शुभकामना सहित यो भिडियो तपाईंहरुका लागि ।