Logo
भिडियो

ठूलाबडा हिँड्ने बाटोको हरिबिजोग


सुजता अम्गाई

पोख्नु , उठाउनु , खन्नु फेरि पुर्नु नेपालको विकासे मोडल हो । यही खालको विकासे मोडल सिंहदरबारकै घर आँगनमा जोडिएको अनामनगर खण्डमा देखिएको महिनौं भएको छ । पैदलयात्रीलाई हिँड्न सहज बनाउने नाममा खनिएको सडकपेटी महिनौदेखि धराप बन्दै आएको छ । पेटी खनेर अस्तव्यस्त बनाइएको छ । सडक पेटीमा थुप्रिएको धुलो, इँटाढुंगाले पैदलयात्री घाइते हुने क्रम बढेको छ । जथाभावी पार्किङ गरिएका सवारी साधनले त झन् पैदलयात्री हिँड्ने बाटोसमेत अवरुद्ध छ । 

apture.JPGcdscdscvdf.JPG

धुलो र खाल्डाखुल्डीका कारण आवागमन अस्तव्यस्त हुँदा व्यापार व्यवसाय चौपट भएको गुनासो व्यवसायीको छ । कोभिडले संकटग्रस्त बनेको आर्थिक गतिविधि चलायमान हुन खोजेको स्थितिमा विकासका नाममा भएको यसखाले गतिविधिले स्थानीयबासी पीडित छन् । वडा कार्यालयले ठेकेदार र ठेकेदारले वडा कार्यालयलाई दोषी देखाएर पन्छिने गरेका छन् । स्थानीय र पैदलयात्रीले भोगेको सकसबारे अनलाइन पानाले भिडियो वार्ता गरेको छ । सुनौं उनीहरुको पीडा उनीहरुकै मुखबाट :