सोमबार साँझ माइतीघर मण्डलामा भागीरथी भट्टलाई न्यायको माग गर्दै दीप प्रज्वलन गरिएको छ । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भट्टको बलात्कार पछि हत्या गरीएपछि युवाहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलामा भेला भएका युवाहरुको समूहले भागरथीलाई न्याय दे भन्दै दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमा सहभागी भएका युवाहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्री र राष्ट्रपति कहाँ छन् भनेर प्रश्न समेत गरेका थिए ।