Logo
अन्तर्वार्ता

प्रचण्ड–नेपाल भन्दा ओली उत्तम, चुनाव नै निकास ( भिडियोसहित) 


अहिले मुलुकमा राजनीतिक दल र नेताहरुबीच अस्तित्वको लडाईं चलिरहेको छ । सर्वोच्च अदालतबाट जस्तो फैसला आएपनि नेकपाको एउटा पक्ष गम्भीर संकटमा पर्ने निश्चित छ । कांग्रेस, जनता समाजवादी पार्टी तथा राप्रपा लगायतका दलहरु पर्ख र हेरको रणनीतिमा रहेकाले उनीहरु नाफा घाटाको हिसाव किताब गर्नमै व्यस्त छन् । 
 
राप्रपा केन्द्रीय सदस्य एवम कानुन व्यवसायी डम्मरप्रसाद शिवाकोटी पनि मुलुकलाई अनिर्णयको बन्दी बनाउनु भन्दा संसद् विघटन उत्तम भएको बताउँछन् । उनका अनुसार सर्वोच्चले विघटन सदर गरे मुलुक निर्वाचनमा जानेछ । चुनावमार्फत अहिले देखिएको सबै अन्योल समाप्त हुनेछ । 
नेकपामा पुष्पकमल दाहाल र माधव नेपाल भन्दा ओली धेरै इमान्दार र नैतिकवान भएकाले राष्ट्रका लागि उनले गरेको निर्णयलाई साथ दिनुपर्ने शिवाकोटी बताउँछन् । ओली दृढतापूर्वक अघि बढेकाले उनले प्रचण्ड र नेपाल समूहलाई समाप्त पारी छोड्ने उनको दाबी छ । 
अझ ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि साथ दिएका छन् । नेपाललाई हिन्दु राष्ट्र बनाउने मोदीको प्रबल इच्छा भएको र त्यसका लागि ओली उपयुक्त पात्र भएको मोदीको बुझाइ छ । ‘रअ’ प्रमुख सामन्त गोयलको भ्रमणले यो कुराको पुष्टि गरिसकेको छ । 
नेपालको आगामी राजनीतिक मार्ग कस्तो हुने भन्ने समेत भारत–अमेरिका र ओलीबीच कुरा मिलिसकेको छ । मुख्यतः चीनको प्रभाव रोक्न यी शक्ति एक भएका हुन् । नेपालमा हिन्दु राष्ट्रसहित राजसंस्था पनि कायम हुनेछ । राजसंस्था बिनाको हिन्दु राष्ट्र कल्पना गर्न सकिदैन । 
राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना गर्न चाँडै आन्दोलनमा जाने र यसका लागि अध्यक्षत्रय पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच उच्चस्तरको समझदारी भएको छ । विगतमा जे जस्ता उतारचढाव भोगे पनि अब राप्रपा एक ढिक्का भएको शिवाकोटी बताउँछन् । 
विस्तृत भिडियोमा :