Logo
अन्तर्वार्ता

योगको करामत : दृष्टि सुन्दर भए सृष्टि पनि सुन्दर (भिडियोसहित)


 
करिब ९ बर्ष त्रिचन्द्र क्याम्पसमा अध्यापन गरेकी सरिता उप्रेतीको परिचय फेरिएको छ । विद्यार्थीहरुलाई समाजशास्त्रका विभिन्न सिद्धान्त र समाजका विशेषताहरुबारे पढाउँदा पढाउँदै आफनो सोच र मन कतिबेला कसरी बदलियो, उनी आफैं पत्तो पाउँदिनन् ।
 
जे होस क्याम्पसको वातावरण, घर, परिवार, नातागोता, समाज, देश विदेशको परिस्थिति, आफनै जीवनका उतारचढावहरुले सरिताको मन बद्लियो । उनी ध्यानमा लागिन् । यसका लागि देश विदेश सबैतिर उनी गइन् । अहिले उनी योग गर्ने मात्र होइन, योगबारे प्रशिक्षण र अभ्याससमेत गराउँछिन् । 

उनी भन्छिन्, ‘योगले हाम्रो शरीरमा यस्तो रासायनिक प्रतिक्रिया गराइदिन्छ , जसले हाम्रो सोच विचारलाई बेग्लै बनाउँछ । शरीरमा सकारात्मक उर्जा उत्पादन हुन्छ । मन मस्तिष्क उर्जावान हुन्छ । असल विचार मनमा आउँछ । जता हेर्यो, जसलाई हेर्यो खुशी र आनन्द महसूस हुन्छ । ’

उनका अनुसार अहिले मुलुकको राजनीति र दलका नेताहरुबीच घृणा फैलाउने प्रतिस्पर्धा चलेको छ । यदि उहाँहरुलाई नियमित योग अध्ययन गराउँदै अभ्यास गराउने हो भने यो प्रेममा परिणत हुनेछ । एकले अर्काको अस्तित्व स्वीकार गर्नेछन् । संसारमा भौतिक कुरा मात्र सबथोक होइन भन्ने बुझ्नेछन् । अध्यात्म र भौतिकवाद अलग होइनन्, यिनलाई सन्तुलित ढंगले अघि बढाउन सक्षम हुनेछन् । 

डिभाइन पाथ इन्टरनेशनल फाउण्डेसनकी अध्यक्षसमेत रहेकी नन्दीले कोरोना संक्रमण र लामो लकडाउनबाट आहत भएका पीडितहरुलाई राहत बाँड्ने र उनीहरुको आत्मबल बढाउन थुप्रै काम गरेकी छन् । सामाजिक सेवाका अन्य थुप्रै योजनाकासाथ आफू अगाडि बढ्ने उनको योजना छ । 

विस्तृत भिडियोमा :