Logo
अन्तर्वार्ता

धार्मिक आस्था र नैतिक शिक्षाको कमीले अराजकता (भिडियोसहित) 


बैतडीकी १७ बर्षीया बालिकाको बलात्कार र हत्या अभियोगमा उनी भन्दा कान्छा किशोर पक्राउ परेपछि प्रहरीसंगै समाजशास्त्री समेत चकित परेका छन् । यति सानो उमेरमा यति ठूलो अपराध ? 
बैतडीको सन्दर्भ त उदाहरण मात्र हो । अहिले मुलुकका हरेक क्षेत्रमा विकृति, बिसङ्गती र अराजकता बढेको छ । राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक लगायत हरेक क्षेत्रमा अराजकता मौलाउँदा मुलुक संकटमा परेको छ भने सर्वसाधारणमा निराशा बढेको छ ।

धार्मिक तथा सांस्कृतिक अध्येता भरत शर्माका अनुसार मानिसहरुमा धार्मिक आस्था घट्नुकासाथै नैतिक शिक्षाको अभावले समाजि विकृत हुन पुगेको हो । शासकहरुले धर्मलाई राजनीतिक अस्त्र बनाए । विद्यालयबाट नैतिक शिक्षा हटाए । यो नै सबैभन्दा ठूलो गल्ति भयो । आज यसैको परिणाम मुलुकले भोग्दैछ । 

शर्मा भन्छन्, ‘मुलुक धर्मनिरेपक्ष भएपनि नेपालीहरुको मनमनमा हिन्दु राष्ट्र छ । यो कसैले हटाएर हट्ने होइन । अझ अहिले त प्रधानमन्त्री केपी शर्मा ओली नै धर्म र आध्यत्ममा बढी सक्रिय देखिएका छन् । पशुपतिनाथमा सुनको जलहरी लगाउन अगुवाइ गरे । त्यहाँ पूजापाठ गरे । वास्तवमा उनी दुई वर्षदेखि नै पशुपति आउन खोजि रहेका थिए । अहिले संयोग मिल्यो । यो राम्रो कुरा हो । ’

ज्योतिष विज्ञानका समेत अध्येता शर्माका अनुसार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पनि धर्म र आध्यात्मतर्फ ढल्किदै गएका छन् । भैंसी पूजा गर्नु, श्रीमतिलाई गलेश्वर महादेवको दर्शनका लागि लैजानु यसका उदाहरण हुन् । अब दाहाल कुनैदिन पशुपतिनाथको पूजाका लागि जानुभयो भने पनि आश्चार्य मान्नु पर्दैन । र, उनी पशुपतिनाथमा जान्छन् भन्ने कुरा पनि निश्चित छ । 

नेपालमा कम्युनिष्टहरु धर्म विरोधी हुन् भन्नु गलत हो । एक त नेपालमा केही कम्युनिष्ट नै छैनन्, दोस्रो हरेक कम्युनिष्ट नेताहरु लुकीलुकी आफनो सिद्धान्त विपरितका गतिविधिमा लागेकै छन् । अझ कम्युनिष्ट नेताहरुका श्रीमतिहरु त लुकीलुकी मन्दिर धाउँछन् । मन्दिर जानु, पूजापाठ गर्नु राम्रो हो तर यी सबै लुकेर गर्न जरुरी छैन । 

शर्माका अनुसार नेपालको ग्रहदशा २०७८ सालबाट सुधार भएर जानेछ । राजनीतिक अस्थिरता अन्त्य हुने र नेपाल शान्ति र विकासको मार्गमा अघि बढ्ने उनी बताउँछन् । 

विस्तृत भिडियोमा :