Logo
अन्तर्वार्ता

जनतालाई निराश हुन दिनु हुँदैन (भिडियो सहित)


आफनो जीवनभर जीवन, जगत र जनताका गीत गाएका जनगायक जीवन शर्माको जीवनप्रति कुनै गुनासो छैन । उनका अनुसार जीवन जसरी हेर्यो त्यस्तै देखिन्छ । जीवनमा सुख प्राप्तीका लागि आफू जस्तो छु त्यसमै सन्तुष्ट हुनुपर्छ । अरुसंग तुलना गर्यो भने पीडा मात्र मिल्छ ।

जीवनलाई हेर्ने भौतिक र भावनात्मक दुईवटा पाटा छन् । यी दुई कोणबाटै मानिसहरुको जीवन र दृष्टिकोण निर्देशित हुन्छ । अचेल भौतिक सुख सुविधालाई महत्व दिने चलन बढेपनि अन्ततः त्यसले सुखानुभूति दिँदैन । त्यो अस्थायी हुन्छ । 

शर्मा भन्छन्, ‘ मेरो आयश्रोत केही छैन । तर जीवन चलेकै छ । मसंगका साथीहरु कहाँ पुगे के गर्दैछन्, त्यसले मलाई कुनै फरक पर्दैन । लकडाउनपछि देश बिदेशमा कार्यक्रम पनि हुन छाडे । पहिला बचत भएको पैसा पनि सकियो । अब हेर्दै जाउँ जे हुन्छ, सामना गर्दै जाउँला । ’

जीवनमा कहिल्यै निराश हुनु हुँदैन । सुख र दुःख यी दुवै अस्थायी हुन् । अझ जनतालाई त कहिल्यै निराश हुन दिन हुँदैन । यो कुरा शासकहरुले बुझ्नुपर्छ । 

शर्मा भन्छन् ‘ मैले कहिल्यै निराशाका गीत गाएन । सधैं जनता जगाउने गीत गाएँ । देश चलाउनेहरुले पनि आशा बाँडेर काम गर्नुपर्छ । गरीव, दुःखी, मजदूर, श्रमिकहरुको जीवनस्तर उठाउनु पर्छ । ’
आफूसंगका साथीहरु प्रधानमन्त्री, मन्त्री हुँदा खुशी लाग्छ । आफनो जीवन जस्तो बनाउन खोज्यो हुने त्यस्तै हो । भौतिक सुखमा भुलेका साथीहरुलाई नराम्रो भन्नुपर्ने केही छैन । 

बिस्तृत भिडयोमा :