गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ भजन सार्वजनिक भएको छ । भण्डारीले नयाँ भजन ‘राष्ट्र देव पशुपतिनाथ’सार्वजनिक गरेका हुन् ।साउन महिनाको अन्तिम सोमबार पारेर सबैको सु स्वाथ्यको कामना गर्दै भजन सार्वजनिक गरिएको बताइएकोछ।
भजनलाई तुलसीप्रसाद भट्टराईले लेखेका हुन् ।झापाका विभिन्न स्थलमा छायाङ्कन गरीएको यस भजनको भिडियोमा गायक तथा संगीतकार भण्डारीलगायतले अभिनय गरेका छन् ।
भिडियोमा शुन्दर लाओतीको निर्देशन तथा सुवास लिम्बुको सम्पादन रहेकोछ भने उनले आफ्नै कृष्ण भण्डारी युट्युव च्यानलबाट भजन सार्वजनिक गरेका हुन् । आधुनिक तथा भजन गायनमा राम्रो चर्चा कमाएका भण्डारीको ‘कृष्ण काले नक्कले’लगायतका भजनहरु चर्चित छन् ।
हेर्नुहोस भिडियो :