Logo
भिडियो

‘आलु जस्तो गायक’ भन्नेलाइ दुर्गेशको कडा जवाफ (भिडियो सहित)


गायक दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भयको छ्। यो गीत यूट्यूबको ट्रेंडिंग ४ मा रहेको छ् र अहिले सम्म २ लाख ९० हजारले हेरिसकेका छन। इनाक्छी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकी संगीत क्षेत्रमा आएको भन्ने सन्देश समेटेका छन्।  यो गीतको शब्द तथा संगीत बसन्त थापाको हो।  गीत दुर्गेश ट्रोलको सिका र भएपछि सार्वजनिक भएको छ।

पछिल्लो समय चर्चासँगै विवादमा रहे। ‘बिच्च बिच्चमा ३ – बेसार’ सार्वजनिक भएपछि चुलिएको उनको चर्चा प्राइम टेलिभिजनमा दिएको एक अन्तर्वार्तापछि विवादमा आयो। उनले स्वर सम्राट नारायणगोपालको गीत गाउनुभन्दा भक्तराज आचार्यको गीत गाए त्यसपछि उनी ट्रोलको सिकार भए। त्यतिबेला उनले आफू चिप्लि एको बताएका थिए।  बिच्च बिच्चमा गीत सार्वजनिक भएपछि धेरैले प्रशंसा गरेका उनलाई संगीतको बारेमा साना भन्दा साना कुरा पनि थाहा नभएको भनेर आलोचना गरियो। फोन संवादमा थापाले भने, ‘त्यही आलो चनाको जवाफ यो गीत हो। गीतमा ‘नगर सवाल’ भनिएको छ।

‘म आफूले आफूलाई गायक भन्दा पनि राम्रो प्रस्तुतकर्ता भन्छु। मलाई गायक जनताले बनाएका हुन्। मेरो पेसा मोडलिङ हो थापा भन्छन्, ‘मेरा गीतहरु म जस्तो छु त्यस्तै गरी निकाल्ने गरेको छु।  मैले न सुर सिकेको छ, न ताल सिकेको छ। म रहरले गीत गाएको मात्र हुँ। बिहिबार रिलिज गरिएको गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको कथा समेटेका छन्।

 

गीतको शब्दले भन्छ, ‘होहो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल..’ गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्।
भिडियो मा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको ‘आलु जस्तो गायक’ मा दुर्गेश सहित सरिता केसीको अभिनय रहेको छ।