Logo

हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि नारा-जुलुस



 फ्रान्समा एकजना इस्लामिक अतिवादीबाट हत्या गरिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा मानिसहरूले फ्रेन्च भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए भने उनीहरूले  नारा-जुलुस गरेका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री जँ क्यास्टेस्कसँग ‘हामी फ्रान्स हौँ’ भनेर चिच्याएका थिए ।

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै गत शुक्रवार अतिवादी समूहका एकजना चेचेन युवाले शिक्षक पटीको शिरछेदन गरेर हत्या गरेका थिए । पेरिस नजिकै रहेको स्कूलछेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो भने लगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

साे घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी नदिइएको बिबिसीले जनाएकाे छ । घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत रहेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।