Logo

मोटरसाइकल दुर्घटना हुँदा तामाङको मृत्यु



गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ ।

तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नंं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए । दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।