बालुवाटारमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको जग्गा सरकारले फिर्ता नलिने भएको छ । भूमिसुधारमन्त्री पद्मा अर्यालले उक्त जग्गा पौडेलको बैधानिक भएको भन्दै सरकारले फिर्ता लिन नमिल्ने बताइन ।
मन्त्री अर्यालका अनुसार सरकारले अधिग्रहण गरेको तर, भूमाफियाहरुले व्यक्तिको नाममा लगेको ललितनिवासको साढे ४ सय कित्ता किटान गरेर रोक्का गरिएको छ । तर, पौडेलले आफ्ना छोरा नविनको नाममा किनेको जग्गा भने मोही कायम भइसकेकाले बैधानिक भएको उनको दाबी छ । कुनै ब्यक्ति पद र पहुँचमा हुँदा उसको जग्गा बैधानिक हुने र अरुको अबैधानिक भन्दै रोक्का गरिपछि सामाजिक संजालमा सरकारको चर्को आलोजना भएको छ ।
सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा भूमाफियाले कर्मचारीसँग मिलेर व्यक्तिको नाममा लगिसकेको हालै मात्र सार्वजनिक भएको थियो । पूर्वसचिव शारदा त्रिताल नेतृत्वको समितिले गरेको छानविनका क्रममा प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको जग्गा समेत भूमाफियाले व्यक्तिलाई बेचिसकेको खुलेको थियो ।
यो प्रकरणमा नेकपा महासचिव पौडेल त्यसबेला मुछिए, जब ललिता निवासको ८ आना जग्गा उनका छोरा नविन पौडेलको नाममा भेटियो । पूर्वमन्त्री पौडेलले यो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् र नविनको नाममा रहेको जग्गा किनेको दाबी गरेका छन् ।
मन्त्री अर्यालका अनुसार प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्यालले बताइन् ।
यसबारे छानविन भइरहेको भन्दै मन्त्री भनिन्, जहाँसम्म विष्णु पौडेलको छोरा नविनले किन्नु भएको जग्गा छ, त्यो मोही कायम भएको जग्गा हो ।’सरकारले नै मोही कामय गरेर व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिका रुपमा नविनको नाममा पुगेको भन्दै उनले यो जग्गा जफत नहुने बताइन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा भने व्यक्तिको नाममा गइसकको भएपनि जफत हुने बताइन् । उनले भनिन्, ‘त्यो जग्गा फिर्ता हुँदैन ।’


















प्रतिक्रिया