SG Organization अन्तर्गत Motorhead Brand का मोटरसाइकल तथा Spare Parts को नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि. ले ग्राहक सामू आफ्नो पहूच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ ।
शाखा उद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा काठमाण्डौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल थिए भने विशेष अतिथिका रुपमा नेपाल रिकन्डिसन एसोसिएशनका भूपू अध्यक्ष वि.एन पाठक तथा नेपाल अटो टे«ड युनियनको तर्फबाट माधव पाण्डे लगायत विभिन्न मिडिया सहकर्र्मीहरु द्धारा उद्घाटन समारोह सम्पन्न भएको छ । साथै कोभिड–१९ को यस घडीमा कम्पनीले उक्त समारोहमा उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई आवश्यक सर्तकता अपनाउँदै मास्क तथा स्यानिटाइजरको उचित व्यवस्था गरेको थियो ।
बिक्रि, स्पेयर तथा बिक्रि पछिको तीन वटै सुविधा सम्पन्न उक्त शाखामा प्रा.लि. ले अत्याधुनिक प्रविधि र कुशल जनशक्ति परिचालन गरेको छ । Automobile क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले Brand लाई स्थापित गर्न सकेको यस प्रा.लि.ले ललितपुर र भक्तपुर पश्चात यो तेस्रो शाखा ग्राहकहरुको सहजताको निमित्त सञ्चालनमा ल्याउँदै गरेको जानकारी प्रा.लि.ले दिएको छ । आकर्षक मोडल र मुल्यमा उपलब्ध Motorhead का अहिले ७ मोडलका बाइकहरु नेपाली ग्राहकहरुको रोजाइको बाइक हुन सफल रहेको छ ।
नेपाल अधिराज्यभर प्राय सबै क्षेत्रमा उपलब्ध हुने यो बाइक चाइनामा निर्मित हुन् । कम्पनीले, सोही अनुसार ग्राहकहरुमा दुविधा नरहोस् भन्ने उद्देश्यले नै यस ब्राण्डलाई अझ विश्वासिलो र भरपर्दो बनाउन शुरुवाती काल देखि नै स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको जानकारी दिए । भविष्यमा पनि उपत्यका तथा अन्य बजारमा कम्पनीले आधिकारीक सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सहरु सन्चालनमा ल्याई ग्राहकहरुमाझ सन्तुष्टिको आभास कायम राख्ने विश्वास दिलाए ।
हाल उपत्यका यस ब्राण्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क चावहिल र भक्तपुर गरी ५ ठाउँमा रहेको छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगंज, सुर्खेत, इटहरी, बिरगंजमा रहेको छ । हाल कम्पनीमाTekken 250, Scrambler 250, Sports Road 250, Sports Offroad 250, X-Torque 250, MH-200X / MH-150R गरी डर्ट, स्क्राम्ब्लर र क्रस ओभर Segment का ७ मोडलहरु रहेका छन् । साथै कम्पनीले Motorhead ब्राण्डका आफ्ना ग्राहकहरुको क्रेज र द्यचबलम प्रतिको मोहलाई अझ बढाउन दिन भविष्यमा अन्य मोडलहरु अत्याधुनिक प्रविधिको साथ बजारमा ल्याउने जानकारी पनि दिए । कम्पनीले आफ्नो बालाजु स्थित उद्घाटन विशेष अफरको स्वरुप स्पेयर पाटर््समा १०% छुट, लेभर चार्जमा ५०% छुट तथा फ्री बाइक वासिङ र बाइक खरिद गर्दा रु.१५,०००।— छुटको व्यवस्था गरेको छ ।





















प्रतिक्रिया