कास्की उप- निर्वाचनको तयारी अगाडि बढेसँगै कास्कीमा चुनावी चहलपहल बढेको छ । नेपाली कांग्रेस कास्की भित्र पनि उप-निर्वाचनको टिकटका लागि नेताहरु आन्तरिक लवीङमा लागेका छन् ।
आकांक्षीकै रुपमा आफ्नो दावेदारी प्रस्तुत गरिरहेकी नेपाली कांग्रेस कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले अनलाइनपाना डटकमको अन्तर्वार्ताका क्रममा अब नेपाली कांग्रेसले ‘मुख हेर्ने होइन, रूख हेर्नुपर्नेु’ समय आएको टिप्पणी गरेकी छिन् ।
अनलाईनपाना सँग अन्तरवार्ताको क्रममा कोषाध्यक्ष पाण्डेले उक्त टिप्पणी गरेकी हुन् । उप- निर्वाचनको लागि कास्की कांग्रेस तयार रहेको उल्लेख गर्दै कास्की भित्रैबाट उमेरद्वार हुनुपर्ने र आफूलाई उमेरद्वार बनाए जितेर देखाउने ठोकुवा गरिन् ।
प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसको भूमिका सन्तोषजनक नभएको भन्ने टिप्पणी हुने गरेको छनी भन्ने जिज्ञासामा उनले भनिंन् नेपाली कांग्रेसको नेत्रित्वमा केही समस्या रहेको स्वीकार गर्दै आगमी दिनमा कांग्रेस अझै सशक्त भएर आउने उनको विश्वाश रहेको छ ।
बाँके प्रहरीले किटानीजारी दर्ता गरेपछि भयन संसद अवरुद्ध
नेपाली काँग्रेसले आजको संसद बैठक अवरुद्ध नगर्ने भएको छ । बाँके जिल्ला सभापति किरण कोइरालामाथि आ.क्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ल लगायतवि.रुद्ध दिएको किटानी जाहेरी दर्ता भएकाले आजको संसद बैठक अव.रुद्ध नगर्ने भयको हो ।
आइतबार साझ बाँके प्रहरीले वडाध्यक्षलगायत वि.रुद्ध दिएको किटानी जारी दर्ता गरेकोले आजको संसद बैठक प्रमुख प्रतिपक्षी दल काँग्रेसले अवरोध नगर्ने भएको छ । आइतबार काँग्रेसले घट.नाका दो.षी.माथि त.त्काल कारबाहीको माग गर्दै प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो ।
काँग्रेसले अवरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । काँग्रेस सांसदहरुले सरकारमाथि तथ्यलाई तोडमोड गरेर अपराधीलाई छुट दिन किटानी जाहेरी दिएका व्यक्ति पक्राउ नगर्ने षडयन्त्र गरेको आरोप लगाएका थिए ।
गत बिहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता आ.क्रमण भएको थियो । जसमा जिल्ला सभापति कोइरालाको हात भाँ.च्चिएको थियो भने अन्य केही सामान्य घा.इते भएका थिए ।
भाद्र ३०, २०७६
प्रेस विज्ञप्ति
सरकारी संचार माध्यममा डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका साथीहरुलाई केही बेर अघि गरिएको गिरफ्तारीको नेपाली कांग्रेस भत्र्सना गर्दछ ।
पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मिन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा वहाली गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।
मंगलबार बेलुकी मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूलाई डोटीको प्रकरणका बारेमा समेत ध्यानाकर्षण गराइएको थियो । यसबारे यथाशीघ्र निर्णयमा पुग्न नेपाली कांग्रेस सरकारलाई सार्वजनिक रुपले सचेत गराउन चाहन्छ ।
विश्वप्रकाश शर्मा
प्रवक्ता


















प्रतिक्रिया