नेपाल राष्ट्र बैंकले बैंकहरुसँग बालुवाटारस्थित ललिता निवासको घर(जग्गा धितो राखेर दिएको ऋण रकमको विवरण माग गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बिहिबार बैंकहरुसँग त्यस्तो धितो र ऋण रकमको अवस्थाबारे जानकारी माग गरेको हो ।
सुपरिवेक्षण विभागका एक अधिकारीले भने – राष्ट्र बैंकले विवरण माग गरेको छ तर अख्तियारबाट विभागलाई पत्र भने प्राप्त भएको छैन । राष्ट्र बैंकले आफ्नै तरिकाले बैंकहरु सँग विवरण माग गरेको हो । अख्तियारको पत्र गभर्नरको कार्यालय हुदै आउने भएकोले पत्र विभागसम्म आईपुग्न ढिलाई भएको हुन् सक्ने जनाईएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गर्नेहरुविद्ध बुधबार विशेष अदालतमा मुद दायर गरेको थियो । अख्तियारले त्यहाँ रहेको जग्गा खरिद गर्न ऋण दिने बैंकलाई कारबाही गर्नको लागी राष्ट्र बैंकलाई लेखी पठाउने निर्णय गरेको थियो ।
अख्तियारको निर्णयमा भनिएको छ ‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु व्यक्तिविशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अरबौंको कर्जा प्रवाह भएको देखिएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षण गर्ने समेतको प्रयोजनका लागि कानून बमोजिम आवश्यक कारबाही गर्नको लागि नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने’ ।
तर राष्ट्र बैंकले भने पत्र प्राप्त नभएपनि बैंकहरुसँग विवरण माग गरिएको जनाएको हो । ललिता निवासको जग्गा धितोमा २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको आयोगले जनाएको छ ।
त्यस्तो धितो फिर्ता नहुने अवस्था आए सोहि बराबरको रकम प्रोभिजन गर्नु पर्ने अवस्था आउँन सक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ। एक अधिकारीले भने ु जुन धितो राखेर ऋण दिइएको छ, सो जग्गा सरकारको नाममा गए धितो नै रहदैन, धितो नै नभएपछि प्रोभिजन गर्नुपर्यो निु । थप कारवाहि अख्तियारको पत्र र राष्ट्र बैकको छलफलको आधारमा हुने ति अधिकारीले बताए।


















प्रतिक्रिया