शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले इल्चेमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई ३-१ ले पराजित गरेको हो । एट्लेटिकोलाई सहज जित दिलाउनको लागि उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरे भने डिएगो कोस्टाले एक गोल थपे । इल्चेका लुकास बोएले सात्वना गोल फर्काए ।
खेलको ४१औं मिनेटमा काइरान ट्रिपिएरको पासमा सुआरेजले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । ५८औं मिनेटमा सुआरेजले यान्निक कारास्कोको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिको म्याड्रिडको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा लुकास बोएले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८०औं मिनेटमा सब्सिच्युट डिएगो कोस्टाले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई ३-१ ले जिताए ।
मार्कोनले पेनाल्टीबक्समा कोस्टामाथि नै फल गरेपछि प्राप्त पेनाल्टीमा कोस्टा आफैंले गोल गरेका थिए ।यो जितसँगै शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको रियल सोसिडाडको २६ अंकले एट्लेटिकोले १२ तथा रियल सोसिडाडले १४ खेल खेलेको छ । तेस्रो स्थानको रियाल म्याड्रिडको २६ अंक छ । इल्चे १४ अंकसहित १५औं स्थानमा छ ।





















प्रतिक्रिया