सरकारले प्रि बजेटको छलफल अगाडिनै निति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले आपत्ती जनाएको छ । प्र नेपाली काँग्रेस संसदीय दलको आईतबार सिंहदरबारमा बसेको बैठकले प्रि–बजेट छलफलअघि नै नीति तथा कार्यक्रम ल्याउनु संसदीय मूल्य र मान्यताको समेत विरुद्ध हुने निष्कर्ष निकाल्दै आपत्ति जनाएको हो । भोलीबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ ।
बैठकले सरकारले आफ्नो एकपछि अर्को निरंकुश गतिविधिलाई ढाकछोप गर्न पत्रकारहरुलाई समेत पक्राउ गर्ने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिएको छ । लोकतान्त्रिक गतिविधि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् हुने गतिविधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि प्रमुख सचेतक खाँडले बताए ।
नेपाली काँग्रेसले सरकारको अभिव्यक्ति स्वतन्त्रता तथा लोकतन्त्रमाथि अकुंश लगाउने गतिविधिविरुद्ध सदन तथा सडकमा संघर्ष गर्ने तयारी पनि गरेको छ ।


















प्रतिक्रिया