विप्लव नेतृत्वको नेकपाले सबै समस्याका छिनाफानो क्रान्तिले गर्ने जनाएको छ । मंगलबार दिउँसो मात्र विप्लव नेकपाका धादिङ सेक्रेटरी बुद्ध गुरुङलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गुरुङलाई काठमाडौं आउँदै गर्दा धादिङको पिपला मोडबाट बिनाकारण अपहरण शैलीमा गिरफ्तार गरेको जनाउँदै तत्काल रिहा गर्न माग गर्दै पार्टीको उपत्यका विशेष ब्यूरो ईन्चार्ज हितमानले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
उनले सरकार र सत्ताले साम्राज्यवादको चाकडी गरिरहेको आरोप समेत विज्ञप्तिमार्फत लगाउँदै नैतिकता भए परिवर्तन र क्रान्तिको पक्षमा सक्रिय रहेका गुरुङ र गिरफ्तार सम्पूर्ण नेता कार्यकर्तालाई रिहा गर्न उनले सरकारसँग माग गरेका छन् ।
ईन्चार्ज हितमानले सरकारले देशमा फासीवाद लाद्न खोजेको उल्लेख गर्दै विश्वमा कहीँपनि सफल नभएको दाबी गर्दै गिरफ्तार सबैलाई रिहा नगरिए सबै चिजको छिनोफानो क्रान्तिबाटै हुने बताएका छन् ।
यसअघिका विशेष ईन्चार्ज माइला लामा जेल परेपछि जिम्मेवारीमा हितमान आएका हुन् ।


















प्रतिक्रिया