Logo

अन्तर्राष्ट्रिय

चीनमा होटल भत्किदाँ ७० भन्दा धेरै पुरिए, केहिको मृत्यु भएको हुनसक्ने आशंका



चीनको पूर्वी प्रान्त फूजियाङको चीनझोउ शहरमा अवस्थित एक होटल भत्किएको छ । कोरोना भाइरस फैलिएपछि उक्त होटललाई अस्थायी सेन्टरको रुपमा प्रयोग गरिँदै आएको थियो । यहाँ संक्रमणका संदिग्ध बिरामीलाई उपचारका लागि राखिएको थियो । अधिकारीका अनुसार ७० व्यक्ति भग्नावशेषमा पुरिए, उद्धारकर्मीले तीमध्ये ४७ जनालाई निकालेका छन् । केही मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

आपतकालीन व्यववस्थापन मन्त्रालयका अनुसार उद्धारका लागि १ सय ५० भन्दा बढी कर्मचारी खटाइएका छन् । चीनको माइक्रोब्लगिङ प्लेटफर्म विबोमा यसको भिडियो पनि जारी गरिएको छ । यसमा उद्धारकर्मीले एक महिलालाई भग्नावशेषबाट निकालेर एम्बुलेन्समा राखेका छन् ।

चाइना डेलीका अनुसार घटना शनिबार बेलुका साढे ७ बजेको हो । दुर्घटनामा होटलका ८० कोठा भत्किएका छन् । राहत र उद्धारकर्मी घटनास्थलमा छन् । अहिलेसम्म ४७ जनालाई भग्नावशेषबाट निकाल्न सफलता पाइएको छ । अधिकारीका अनुसार भवन के कारण भत्कियो त्यसबारे पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।