Logo

समाचार

बौद्धका डिएसपी माथि अख्तियारको छानविन, पक्राउको तयारी



महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेशबहादुर सिंहलाई कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालयले हटाउने तयारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अनुसन्धान गरिरहेको र सुन तस्करसँग साँठगाँठ भेटिएपछि उनलाई हटाउन लागिएको हो ।

जन्ममिति सच्याएको भेटिएपछि अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार कीर्ते गरेको पुष्टि भइसकेको छ । तर, विभिन्न निकायबाट दबाब दिएर सिंहले अनुसन्धानलाई प्रभावित बनाउने प्रयास गरिरहेका छन् । आयोगले उनीसँग बयान समेत लिइसकेको छ । पक्राउको तयारी भइरहेको स्रोत बताउँछ । यसअघि पनि उनी रंगेहात पक्राउ पर्दा अख्तियारको हिरासतमा बसिसकेका छन् ।

त्यस्तै विवादास्पद व्यापारी विष्णु खत्रीको चार किलो सुन हराएको घटनामा पनि सिंहको भुमिकाबारे छानबिन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तस्करसँग मिलेर उनले भरियालाई थुनामा राखी अनुसन्धान गरेका थिए । सो घटनाको गोप्य डिल भएको स्रोत बताउँछ । छानबिन सुरु भएपछि आफ्नो सरुवा रोक्न उनले विभिन्न व्यक्तिलाई परिचालन गरेका छन् । दृष्टि न्युजका साथमा

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।