Logo

अर्थ

नेपाली कागजका उद्योग माग उच्च, जनशक्तिको अभाव कमसल सामानको प्रयोग हुदै



भोजराज भण्डारी, काठमाडौँ
३ बैशाख, २०७२
नारायण खड्काले हाते नेपाली कागज व्यवसाय सञ्चालन गरेको प्रन्ध वर्ष भयो। कुनै एक समयमा उनको हात कागजको व्यवसायमा काम गर्नेको संख्या दश बाह्र जना हुने गर्दथे तर अहिले खड्कालाई कागज उद्योग नै बन्द गर्नुपर्ने होकि भन्ने भयले सताउन थालेको बताउछन् ।

अर्का उद्योगी प्रेम कुमार पनि काम गर्ने जनशक्तिको अभावले उद्योग धन्दा नै बन्द गर्नु पर्ने अबस्थामा आएको बताउछन् । उत्पादनमा माग भए पनि काम गर्ने जनशक्ति भएको कारणले सोचे अनुरुपको व्यवसाय सञ्चालन गर्न नसकेको उनको भनाइ छ ।

खड्का भन्छन् कागजको माग नेपालमा मात्र नभएर विभिन्न बाहिरी मुलुकमा पनि आउने गरेको छ ।तर अन्य जिल्लाबाट लोत्ता ल्याउन काट्नका लागि जनशक्तिको अभाव भएकाले सोचे अनुसारको उत्पादन हुन सकेको छैन । नेपाली कागजको विभिन्न झोला बनाउन,बट्टा विदेशमा मुद्रा बनाउनका लागि प्रयोग गरिन्छ ।

नेपाल घरेलु तथा साना उद्योगी व्यवसायिक संघका उपाध्यक्ष मोहन कटुवाल भन्छन् हाते कागजको विषयमा हामी एकदम गम्भिर रुपमा लिएका छौँ,सबैलाई करको दायरामा ल्याउनु पर्छ भन्नेमा हामी लागेका छौ ।घरेलु काम गर्ने कामदारलाई कामको मूल्याङ्कनको आधारमा तलब तोक्नु पर्ने कुरामा हामीले सम्बन्धित निकायमा कुरा गरिराखेका छौ उनले भने ।

नेपाली कागजको हाम्रो नेपालको ऐतिहासिक रुपमा चलिरहेको छ , यसलाई सरकारले सम्बन्धित निकायले पनि चासो नदेखाउदा र भएको उत्पादनमा पनि विचौलिया हाबि हुनेहुँदा उत्पादकले पाउनुपर्ने मूल्य नपाएको नेपाल कागज व्यवसायिक संघका अध्यक्ष नरेन्द्र साउद बताउछन् ।

सरकारकारले नेपाली कागजलाइ प्रोत्साहन गर्नुको सट्टा झन् निरुत्साहित गर्ने प्रयासमा लागेको उनको भनाइ छ । उत्पादनकले माग अनुसारको उत्पादन गर्न नसक्नुमा उत्पादनको सहि मूल्य नपाएकोमा पनि हो र कागजमा कमसल खालको लोत्ताको प्रयोग गर्ने गरेको केहि व्यवासाय पहिलाको तुलनामा विस्तारै घट्दै गएको साउदले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७२, बिहीबार १०:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।