नपढेको मान्छे आफुले त केही गर्न सक्दैन नै अझ समाजलाई पनि बिगार्छ भन्ने सन्देश बोकेर एउटा छोटो चलचित्र निर्माण भएको छ । लाफा पिक्चर्सको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको नाम हरिगुडु राखिएको छ ।
विद्यालय बनाउँने र बनाउँनै हुन्न भन्ने दुई पक्षको भिडन्त गराईएको यस चलचित्रमा बाला मगर, रमेशचन्द्र न्यौपाने, अर्जुन मगर, लाबुन शाही, बिर बहादुर सुनुवार, रोमन कार्की, खुसी राई र भुबन कार्की लगायतका कलाकारहरुश्रले अभिनय गरेका छन् । बाला मगरको कथा रहेको चलचित्रमा पिएल चक्रेको लेखन रहेको छ भने बिमल पराजुलीको छायाँकन, सुमन सुनुवारको सम्पादन, लक्ष्मी मगरको श्रृङ्गार, एलिना थापाको निर्माण नियन्त्रण रहेको छ । बाला मगर, सुमन सुनुवार र पिएल चक्रेले संयुक्त रुपमा निर्देशन गरेको यस चलचित्रको निर्माता बाला मगर हुन् ।
पुरा चलचित्र लिंकमा हेर्नुहोस् :