Logo
भिडियो

निता ढुङ्गानाको बहु प्रतिक्षित गणेश भजन सार्वजनिक (पुरा भिडियो सहित)


काठमाडौं । नायिकाबाट गायिका बन्नेहरुको सुचीमा निता ढुङ्गाना पनि परेकी छिन् । उनले त्यसको सुरुवात गणेश भजनबाट सुरु गरेकी हुन् ।

लकडाउँनको समयमा सबैको रोजीरोटी र सक्रियता नै ठप्प भएको बेला निकै तामझामका साथ छायाँकन गरिएको श्री गणेश भजन नामाकरण गरिएको उक्त गीतमा गणेश मन्त्रको शब्द र नायिका निता ढुङ्गानाको स्वर रहेको छ । त्यसै गरी भिडियोमा भने रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन, सञ्जय लामाको छायाँकन, बनिष शाहको सम्पादन तथा पवन ढुङ्गानाको प्रोडक्सन डिजाईन रहेको छ ।

गायिका समेत रहेकी नायिका निता ढुङ्गाना, सुनिल सिटौला, अंशु पोखरेल, अक्षता पोखरेल, अनुश्का पोखरेल, दिब्या सेन्चुरी, बिशेसता बुढाथोकी, अनिता बजगाईं, भवानी बजगाईं, कल्पना बेम्जन, सान्ता मगर र सरस्वती कोईराला लगायतका कलाकारहरु फिचर्ड छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :