Logo
भिडियो

सुवास रेग्मी चुर्लुम्मै डुब्दा ट्विन्स गर्लसँग दुर्गेस थापाको रोमान्स (भिडियो सहित)


केही समय अगाडि ५७ जना सर्जक कलाकारहरुले सादा कागजमा हस्ताक्षर गर्दा त्यही हस्ताक्षर प्रहरीमा बुझाएर गायक प्रमोद खरेलले बिन्ध्यावासिनी म्युजिक प्रा.लि.की सञ्चालक लिना रेग्मीलाई पक्राउन सफल हुनु अनि रेग्मी २७५ हजार धरौटी राखेर रिहा हुनु र शिवरात्री आउँनै लाग्दा लिनाका पति तथा सर्जक सुवास रेग्मीले चुर्लुम्मै डुबें नाममा डिजाईन गरेको पोस्टर फेसबुकमा अपलोड गर्नुलाई आम व्यक्तिहरुले कुन संयोगमा बुझे ? त्यो उनीहरुको कुरा होला । तर अनामनगरका भट्टी पसलहरुमा भेटिने चर्चित सेलिब्रेटीहरु भने सुवासले गीतको शब्दहरु मार्फत आक्रोश पोख्दै रोदन छेड्छन् भन्दै चिरिप्प पारी रहेका देखिन्थे । तर उनीहरुको यस्तो भनाई उनीहरुले चुरोट तानेर उडाएको धुवाँ जतिको पनि रहेन । 

कसैको व्यक्तिगत जीवनमाथी सस्तो टिप्पणी व्यस्त बेरोजगारहरुको भनाई विपरीत सुवास रेग्मीको शब्दमा छमछमी नाच्ने चुर्लुम्मै डुबें बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बिबि अनुरागीले संगीत गरेका छन् भने रामचन्द्र काफ्ले र समिक्षा अधिकारीको स्वर रहेको छ ।

भिडियोमा भने राजेश घिमिरेको छायाँकन, बिनोद बमको सम्पादन तथा काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको छ । दुर्गेस थापाको साथमा ट्विन्स दिदी बहिनी समारिका ढकाल र स्मारिका ढकालले कम्मर मर्काएका छन् ।  

बाँकी भिडियोमा हेर्नुहोस् :