नेकपा माओवादी केन्द्रका नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समूहले अभ्यास गर्न थालेपछि गोपाल किराँती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र अन्यायमा परेको छ । अझ निर्वाचन आयोगले फरक नाम र चुनाव चिन्ह रोज्न पत्राचार गरेपछि किराती आक्रोशित भएका छन् ।
अनलाइन पानासंग कुरा गर्दै किराती नेतृत्वको माओवादी केन्द्रका सचिव आलोक रायमाझी भन्छन्, ‘हामीमाथि अन्याय भएको छ । हामी सर्वोच्च अदालतमा मुद्दा दिंदैछौं । यो त घोर अन्याय भयो । सानो भनेर हेप्न खोेजेको हो भने यसको मूल्य महंगो पर्नेछ । यो कुराको हेक्का सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि राखोस । ’
रायमाझी बैचारिक, सैद्धान्तिक तथा कानूनका हिसाबले पनि माओवादी केन्द्र आफूहरुको भएको दावी गर्छन् । उनका अनुसार प्रचण्डले माओवाद र कम्युनिष्ट आदर्श सिद्धान्त त्यागिसकेका छन् । उनी के आधारले माओवादी भए अब ? स्वयं प्रचण्डले अर्को नाम र चुनाव चिन्ह जुराउन उत्तम हुन्छ ।
यदि प्रचण्डका लागि माओवादी केन्द्र आवश्यक हो भने उनले आत्मालोचनासहित पार्टी प्रवेश गर्नुपर्नेछ । अन्यथा पेरिस डाँडामा अर्काको पार्टीको बोर्ड झुण्ड्याउने, माओवादीका नाममा बैठक राख्ने काम नगरुन । उनी गल्ती महसूस गर्दै माफी मागेर आए स्वागत गर्न तयार रहेको रायमाझी बताउँछन् ।
अहिलेको राजनीतिक अन्योल र राजनीतिक अस्तव्यस्त दलाल संसदीय व्यवस्थाको उपज हो । संसदीय व्यवस्थामा यस्तो हारालुछ हुनु स्वाभाविक छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली यो व्यवस्थाका उत्तम खेलाडी हुन् । उनको नेतृत्व कायमै रहे गणतान्त्रिक व्यवस्था नै धरापमा पर्नेछ ।
सत्ता समीकरणका लागि जे जस्ता खेल भइरहेका छन् तिनले नेपाल र नेपाली जनताका लागि केही फरक पर्नेछन् । मुलुकको स्थिति झन भद्रगोल हुनेछ । तर, ओलीलाई विस्थापित गर्न जरुरी छ ।
विस्तृत भिडियोमा :