Logo
अन्तर्वार्ता

प्रधानमन्त्रीको नेतृत्वमा मध्यावधि चुनाव हुनसक्छ  (भिडियोसहित) 


राष्ट्रपति विद्या भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेर नयाँ तरंग पैदा गरेका छन् । 
ओली निकट नेकपा एमाले राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष संजिवकुमार झाका अनुसार प्रधानमन्त्री आफनो रोडम्यापमा स्पष्ट छन् । संसद् चल्न नसक्ने अवस्थामा यसलाई बिघटन गरेर प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाउँ भन्नु अस्वभाविक नभएको उनी बताउँछन् ।

यदि मध्यावधि चुनाव भएन भनेपनि अबको दुई वर्ष ओली नै प्रधानमन्त्री रहने झाको दावी छ । यसका लागि जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई साथ दिनेछ । जसपाको बाबुराम उपेन्द्र समूह अलग्गिए पनि महन्थ ठाकुर लगायतका नेताहरु ओलीको पक्षमा भएको उनको दावी छ । 

उपाध्यक्ष झाका अनुसार एमालेमा माधव नेपाल समूहले असन्तुष्टिका नाममा आफनो कुण्ठा मात्र पोखिरहेको छ । माधव नेपालले पार्टीमा ‘स्पेस’ खोजेको र ओलीसंग राम्रोसंग कुराकानी गरे त्यो इच्छा पूरा हुनसक्ने उनले बताए । 

एमाले मात्र होइन नेकपा भित्र बिभाजनको बिउ रोप्ने काम बामदेव गौतमले गरेका हुन् । जहिले पनि तटस्थताका नाममा यताउता गरेर उनले समस्या सृजना गरेका हुन् । अहिले फेरि एमाले एकता अभियान चलाएका छन् । उनले फेरि अर्को दुर्घट्ना गराउँछन् ।
 
माधव समूहमा कहलिएका घनश्याम भुषाल, योगेश भट्टराईहरुको धज्जी उडाउँदै झा भन्छन्, ‘ सरकारमा मन्त्री बनेकै हुन् के गरे ? जाबो मल ल्याउन नसक्ने, किसानका समस्या बुझ्न नसक्ने पनि मन्त्री हुन्छन् ? त्यस्ता पनि बुद्धिजिवी ? ’

ओली सरकारमा भ्रष्टाचारी, बलात्कारी र सामाजिक अपराधीलाई कुनै छुट नभएको झा बताउँछन् । उनले गौर हत्याकाण्ड लगायत उपेन्द्र यादव मन्त्री हुँदा भएको अनियमितता र माओवादी शिविरका नाममा भएको भ्रष्टाचारको गम्भीर छानबिन भैरहेको समेत जानकारी गराए । 

विस्तृत भिडियोमा :