नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै नेतृत्वमा आउन चाहनेहरुले आफ्नो तयारी थालेका छन् ।
अध्यक्षमा केपी ओली पक्का जस्तै देखिएका छन् । सके सर्वसम्मत नभए पनि भारी मतले केपी ओली नै अध्यक्ष बन्ने कुरामा सबै एमालेजनहरु एकमत देखिन्छन् बाँकी पदहरुमा को-को आउलान् भन्ने चासो व्यापक मात्रामा रहेको छ ।
ओलीले जसलाई चाह्यो उहि नेतृत्वमा आउँछ भन्ने मनोविज्ञान एमालेमा जबर्जस्त स्थापित भएको छ । खुलेर म यो पदमा दावी गर्छु भनेर बोल्ने हिम्मत समेत पनि कसैले गर्न सकेका छैनन्, कसरी ओलीको आँखामा पर्न सकिन्छ भन्ने आइडिया लागाउँनेहरु पनि देखिएका छन् ।
ओलीको प्यारो बनेर नेतृत्वमा आउँन सकिन्छ भन्ने चलाखी गर्ने मध्येमा एक देखिएका छन् । वर्तमान सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई जो पछिल्लो समय नेकपा एमाले फुटाएर बनेको नेकपा एस प्रति निकै कठोर पारामा प्रस्तुत भएका छन् ।
केहिदिन अघि मात्रै भट्टराईले नेकपा एसलाई अवैध गर्भाधारणबाट जन्मेको बच्चासँग तुलना गरेका थिए । योगेशको बोलीको एसवालाहरुले चर्को आलोचना गरे तर पनि उनी रोकिएनन् बरु त्यो भन्दा दरो डोज फर्काए घुँडामुनी हानेको टाउको मै लागेछ की के हो भनेर ।
योगेशको पछिल्ला अभिव्यक्तीहरु माधव नेपालका मान्छेलाई विझाउँने र ओलीका मान्छेलाई रिझाउँने टाइपबाट आइरहेका छन् । उनका अभिव्यक्तिहरु महाधिवेशनमा कसरी ओलीको आँखामा परेर पद पाउँने भन्ने आशयबाट आएको एक राजनीतिक विश्लेषकले बताए ।
उग्र बोल्नु र योगेश भट्टराई पर्यायवाची जस्तै बनेको ती विश्लेषकले बताए । जती बेला ओलीले संसद विघठन गरेका थिए त्यस बेला प्रचण्ड माधवसँग रहेका योगेश यसैगरि उग्र भाषण गर्दथे, बालुवाटारमा हाम्रो प्रधानमन्त्री नबनाई आन्दोलन रोकिँदैन देखी ओलीसँग लाग्ने सबै जनप्रतिनिधीको पद चट बनाइदिन्छौ सम्मका डोज उनका लागि सामान्य जस्तै थिए ।
राजनीतिक मात्रै होइन उनले अति अराजनीतिक र तल्लो स्तरको समेत भाषण ठोकेका थिए । तत्कालिन समयमा केपी ओलीले भट्टराईलाई वैगुनी केटो भनेर भनेका थिए त्यसको जवाफमा भट्टराईले हो म केटो हो तर केपी ओली केटो हो की केटी हो सम्म पनि भनेका थिए ।
ओलीको लैङगिकतामा समेत प्रश्न उठाएर हद भन्दा तल ओर्लीएर भाषण गरेका योगेशका यस्ता चिजहरु एमाले अध्यक्ष ओलीले सजिलै विर्सन सक्लान र भन्ने प्रश्न पनि उठेको छ । ओलीले त्यो सबै हिसाब किताब एकै पटक चुक्ता गर्न लागे भने योगेशका लागि यो महाधिवेशन निकै महंगो पर्न सक्ने अनुमानहरु समेत हुन थालेका छन् ।


















प्रतिक्रिया