Logo

प्रमुख समाचार

बारको आन्दोलनमा न्यायाधीशहरूको असन्तुष्टि, अवरोध नलम्ब्याउन आग्रह



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीचको छलफल आज ९मंगलबार०पनि बिना निष्कर्ष टुंगिएको छ ।

सर्वोच्च अदालतको एनेक्स हलमा दुई घण्टा बढी चलेको छलफलमा न्यायाधीशहरुले सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन नसकिने धारणा बारका पदाधिकारीसँग राखेका छन् ।

बारका पदाधिकारीले भने कुनै हालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा बटमलाइन भएको बताउँदै आफ्ना कुरा राखेका थिए । यसमा न्यायाधीशहरुले आन्तरिक छलफल गर्ने जवाफ दिएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । ुहामीले यो यो कारणले प्रन्याले राजीनामा दिनुपर्छ भन्यौं । न्यायाधीशहरुले आन्तरिक छलफल गर्ने कुरा गर्नुभयो,ु उनले भनिन् ।

छलफलमा न्यायाधीशहरुले अहिलेको अवस्था प्रधानन्यायाधीश राणाकै कारण आएको, यसलाई समाधान गर्न गैरजिम्मेवार देखिएको भन्दै तर सेवा प्रवाहको अवरोध धेरै लम्ब्याउन हुँदैन भन्ने धारणा राखेका थिए । यद्यपि इजलासमा फर्किने वा नफर्किने, अब के गर्ने भन्ने स्पष्ट जवाफ दिएनन् ।

अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । बारका पदाधिकारीसँगको छलफलमा १३ न्यायाधीश सहभागी थिए । केही न्यायाधीशले भने छलफलमा अनुपस्थित भएर इजलासमा मुद्दा हेरेका छन् ।

उता न्यायाधीशहरुसँग छलफल गरेका बारका पदाधिकारी फर्केर बैठकमा छन् । तेस्रो चरणको आन्दोलनका लागि बारको कार्यसमिति बैठक बसिरहेको छ । तेस्रो चरण अन्तर्गत प्रधानन्यायाधीशलाई कार्यकक्षमा अर्थात कुर्सीसम्म पुग्न नदिने देखि सडकमा उत्रिनेसम्मका सुझाव आएकोले छलफल गरेर कार्यक्रम तय गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १६:२२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।