धेरैको चासो छ प्रधानमन्त्री केपी शर्मा ओली कमजोर भएर पनि यति शक्तिशाली कसरी भए ? तिम्रो समर्थन चाहिँदैन फिर्ता गर भन्दा पनि माओवादी केन्द्र समर्थन कायमै राख्न बाध्य छ, किन ? कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा पक्ष ओली सरकार ढाल्न रातदिन लाग्दा पनि किन सफल नभएका होलान् ?
मधेशी नागरिक समाजका संयोजक गणेशकुमार मण्डलका अनुसार यसमा आन्तरिकसंगै बाह्य कारण बढी निर्णायक छ । प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच बलियो समझदारी र गठवन्धन छ । यो अमेरिका–भारत गठवन्धनको नतिजा हो । भारत र अमेरिकी शक्तिले ओली, देउवा र ठाकुरको संयोजन मिलाएको हो ।
मण्डल भन्छन्, ‘भारत र अमेरिका दुवै प्रजातान्त्रिक देश भएकाले नेपालमा पनि प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउनु उनीहरुको दायित्व हो । नेपालमा कम्युनिष्टहरुलाई समाप्त पार्न उनीहरु योजनाबद्ध रुपमा लागेका छन् । त्यसका लागि वर्तमान प्रधानमन्त्री ओली उनीहरुका बलिया हतियार हुन् । जबसम्म ओलीको प्रयोगबाट कम्युनिष्टहरु धुलोपिठो हुँदैनन्, तबसम्म उनी शक्तिमै रहन्छन् ।’
कांग्रेस र जसपाका अध्यक्ष ठाकुरले भोलिका दिनमा पनि ओलीलाई सहयोग पुग्ने गरी काम गर्नेछन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा कांग्रेस र ठाकुर पक्षले सरकारलाई समर्थन गर्ने मण्डलको दावी छ ।
प्रधानमन्त्री ओलीले नीति कार्यक्रम पारित गर्न कांग्रेसलाई फकाउनुपर्ने छ । यो नीति कार्यक्रम सकभर कांग्रेसकै समर्थनमा पास हुनेछ । जसपाको पूर्व राजपाले पनि साथ दिनेछ । त्यसपछि संयुक्त सरकार बन्ने दिशातर्फ मुलुक जानेछ ।
संविधान च्यातेर हिंडेका उपेन्द्र यादव र ठाकुर पक्षले संविधानको अपनत्व ग्रहण गरिसकेकाले अब संविधानको विवाद लगभग समाप्त भैसक्यो । उपेन्द्र यादवलाई संविधानप्रति असहमति जनाउने कुनै नैतिक अधिकार छैन । ठाकुरले पनि ओलीसंग मिलेर काम गरिरहेकाले उनले पनि संविधानको अपनत्व लिएको पुष्टि हुन्छ ।
ओलीलाई कमजोर बनाउन लागि परेका माधव नेपाल, प्रचण्डहरु चीनको इशारामा छन् । उनीहरु अझै शक्तिहीन हुँदैछन् । नेपाल र प्रचण्डको भविश्य ओलीको हातमा छ ।
विस्तृत भिडियोमा :