Logo
भिडियो

पुरूषोत्तम न्यौपाने हाँसखेल गर्दै भेटिए (भिडियो सहित)


गायक, संगीतकार तथा एरेञ्जर पुरूषोत्तम न्यौपाने निषेधाज्ञाको समयमा हास्दै खेल्दै गरेको अवस्थामा भेटिएका छन् । उनी आफैंले गाएको हाँसखेल गर्दै बोलको गीतको भिडियोमा यसरी देखिएका हुन् ।

डिलाइटेड नेपाल नामको युट्युबाट सार्वजनिक भएको गीतमा प्रदिप सुबेदीको शब्द, न्यौपानेकै सँगीत तथा सँगीत समंयोजन रहेको छ ।

बालपनदेखिको प्रेम र वियोगलाई समेटेको उक्त गीतको भिडियोमा गायक आफैंले अभिनय गरेका छन् भने त्यस्तै नवराज घिमिरेको छायाँकनमामा तयार भएको भिडियोको सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :