Logo
भिडियो

गायिका मेलिना मैनालीको “सार्है याद आउँछ”सार्वजनिक


अहिलेकि चर्चित गायिका मेलिना मैनाली’को आवाजमा बडा मार्मिक गीत “सार्है याद आउँछ” भिडियो सार्वजनिक भएको छ। उक्त गीतलाई चर्चित गीतकार किरण के उप्रेतीले रचना गरेका छन् भने” गीतमा गायक संगीतकार पुस्कर सुनुवारले संगीत तथा संगीत संयोजन गरेका छन्।

उक्त गीतले घर हुँदा परको याद आउने टाढा हुँदा घर’ उनको र साथि भाइको याद आउने बाल्यकालका सम्झन लायक यादहरुलाई समेटेको छ भन्छन गीतकार किरण के उप्रेती ।

गीतको भिडियोमा छायांकन सम्पादन नबिन सुनुवार’को रहेको छ भने भिडियो कन्सेप्ट सुरज श्रेष्ठको रहेको छ । गीतको भिडियोलाई मेलोडी नेपाल टिभीको युट्युब च्यानलमा हेर्न सकिन्छ।

हेर्नुहोस् गीतको भिडियो :