Logo

राजनीति

संसद् बैठक बस्दै, यस्ताे छ कार्यसूची !



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले जारी कार्यसूची अनुसार आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । 

त्यसपछि बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ । 

‘मा. कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नहुने ।’ आजको कार्यसूचीमा भनिएको छ । 

त्यस्तै, आगामी मंसिरमा हुने आम निर्वाचन महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ध्यानाकर्षण गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०७:५२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।