Logo

शिक्षा

एकातिर करार शिक्षकको आन्दोलन चर्कदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन



महोत्तरी । बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किदै गएको छ ।

नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि  मेयर प्रल्हाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् ।

सोमबार बसेको सर्बदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ ।

माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक सिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:०२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।