Logo

अन्तर्राष्ट्रिय

गाजा हिंसाबारे सुरक्षा परिषद्को बैठक



न्युयोर्क । गाजाको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदले आपत्कालीन बैठक बोलाएको छ । तीन दिनको घातक द्वन्द्वपछि इस्लामिक जिहाद लडाकू र इजरायलबीचको अस्थायी युद्धविराम भइरहेका बेला परिषद्ले आपत्कालीन बैठक बोलाएको हो । 

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका थिए ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लोे लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । गाजा हिंसाको अफ्रिकन युनियनलगायतले विरोध गरेका छन् । 
 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १४:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।