Logo
भिडियो

अलिफ खान ‘छाँया भेटाइदेउ’ भन्दै आए (भिडियो सहित)


गायक अलिफ खानको स्वरमा छाँया भेटाइदेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली सुगम संगीत बजारमा अदृस्य संगीतकार तथा गायक प्रभावन जे को शब्द संगीत र प्रस्तुतिमा यो गीत सार्वजनिक भएको हो । 

यस गीतमा संगीत संयोजन प्रभावन जे कै रहेको छ भने सन्जिब बराइलीले गितार, गोपाल घतानीले बाँसुरी, भुवन गन्धर्वले ढोलक, तबला, डफ आदि रिदम को कार्य गरेका छन् । त्यसैगरी युवा सारंगी बादक मनिष गन्धर्वले सारंगी को आवाज भरेका छन् ।

गीतको भिडियोमा अलिफ खानसँगै चर्चित संगीतकारहरु सन्जिब बराइली, गोपाल घतानी, भुवन गन्धर्व र मनिष गन्धर्व समेत एकसाथ रहेका छन् । 
  
डि ए आर मुभिज अफिसिअल च्यानलबाट डिसजटल बजारमामा आएको गितको रेकर्ड एक्शन स्टुडियो नेपालमा भएको हो, मिक्सिंग मस्टरिङ गोबिन्द सोनीको रहेको छ। भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने कृष्ण गौतमले सम्पादन गरेका छन् । भिडियोको निर्देशन प्रभावन जे स्वयंले गरेका हुन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस्  :