Logo

समाचार

सुनसरीमा भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते



सुनसरी । सुनसुरीको रामधुनि नगरपालिका–२ मा हिजो बेलुकी म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक रामधुनि नगरपालिका–१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडी सवार १९ वर्षीय प्रशान्त चौधरी र १८ वर्षीय किरण चौधरी रहेका छन् । 

घाइते मध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । को १ ज ३०४३ नम्बरको म्याजिक भ्यान र प्रदेश १–०२–०४८ प २९५३ नम्बरको स्कुटर हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए । 

दुवै सवारी साधन सहित भ्यान चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ११:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।