Logo
भिडियो

सिन्धुलीमा फेरी घट्यो डरलाग्दो घटना बिवाह भएको तीन महिना नपुग्दै युवतीको हत्या (भिडियो सहित)


सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीमा असोज १६ गते राति सलको पासो लगाएर १९ वर्षीया पुष्पा भुजेलले देहत्याग गरिन् । घटना भएकै रात दुई बजे पुष्पाका पतिले माइती पक्षका एक दाईलाई खबर दिए ।

असार २७ गते मात्र चियाबारीका अमन भनिने गोपी थापासँग भागेर विवाह गरेकी पुष्पाले विवाह भएको तीन महिना नपुग्दै देहत्याग गरेको खबर माइती पक्षमा पुग्यो । तर उनको शव माइती पक्षले हेर्न पनि नपाएको आरोप लगाएका छन् । सिन्धुली अस्पतालमा पोष्टमार्टम भएपछि माइती पक्षलाई हेर्न र फोटो खिच्न समेत नदिइ जलाइएपछि घटनाले अर्कै रुप लियो ।

त्यसपछि माइती पक्षले देहत्याग  नभई छोरीको हत्यानै भएको भनि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराए । भागी विवाह गरेको तीन महिना पनि नभै देहत्याग गर्नु, माइती पक्षलाई शव हेर्न पनि नदिइ जलाउनुले कतै पुष्पाको देहत्याग नभएर हत्या भएकोआशंका स्थानीयमा पनि उब्जिएको छ । 

हेर्नुहोस तलको भिडियोमा दाइले यसो भन्छन् :