सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारीमा असोज १६ गते राति सलको पासो लगाएर १९ वर्षीया पुष्पा भुजेलले देहत्याग गरिन् । घटना भएकै रात दुई बजे पुष्पाका पतिले माइती पक्षका एक दाईलाई खबर दिए ।
असार २७ गते मात्र चियाबारीका अमन भनिने गोपी थापासँग भागेर विवाह गरेकी पुष्पाले विवाह भएको तीन महिना नपुग्दै देहत्याग गरेको खबर माइती पक्षमा पुग्यो । तर उनको शव माइती पक्षले हेर्न पनि नपाएको आरोप लगाएका छन् । सिन्धुली अस्पतालमा पोष्टमार्टम भएपछि माइती पक्षलाई हेर्न र फोटो खिच्न समेत नदिइ जलाइएपछि घटनाले अर्कै रुप लियो ।
त्यसपछि माइती पक्षले देहत्याग नभई छोरीको हत्यानै भएको भनि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराए । भागी विवाह गरेको तीन महिना पनि नभै देहत्याग गर्नु, माइती पक्षलाई शव हेर्न पनि नदिइ जलाउनुले कतै पुष्पाको देहत्याग नभएर हत्या भएकोआशंका स्थानीयमा पनि उब्जिएको छ ।
हेर्नुहोस तलको भिडियोमा दाइले यसो भन्छन् :