Logo
भिडियो

नयाँ दशैँ गीत ” दशैं आउँदा तिहार आउँदा” सार्वजनिक


गायिका प्रमिला पुन’ गायिका रेश्मा के बोम्जन’ गायक प्रदिप ग्लान’ गायक डी जे मेवाहाङको संयुक्त प्रस्तुतिमा “दशैं आउँदा तिहार आउँदा”गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली गीत संगीत क्षेत्रमा दिनहुन सयौं गीतहरुको भिडियो सार्वजनिक हुने गर्दछ । कतिपय’गीतहरुले राम्रै चर्चा कमाउछन् भने’कतिपय गीतहरु कन्टेन्ट’को रुपमा मात्रै सिमित हुन्छन ।

त्यसै क्रममा गायिका प्रमिला पुन गायिका रेश्मा के बोम्जन गायक प्रदिप ग्लान’ गायक डी जे मेवाहाङ’को संयुक्त प्रस्तुतिमा दशैं आउँदा तिहार आउँदा गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई दशैंको छेक पारेर देश बिदेशमा भएका नेपाली दाजु भाई हरुको पिडा र घर आउन चाहांदा चाहांदै आउन नपाएका र कोरोनाको कहरले गर्दा पनि घर आउन नपाएका नेपाली दाजु भाईहरुलाई समर्पण गर्दै यो दशैंको गीत’को भिडियो बजारमा ल्याएको गायक प्रदिप बताउँछन् ।

गीतमा संगीत तथा शब्द केशब बिश्वकर्मा रहेको छ’भने गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ । गीतको भिडियोमा निर्देशन गायक स्वयम् प्रदिप ग्लान्’ छायांकन केशब बिश्वकर्मा ‘को रहेको छ भने गीतको भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका छन् । गीतको भिडियोलाई हाई लाईट्स युट्युब च्यानलमा हेर्न सकिन्छ । के एन्ड के इन्टरटेन्मेन्ट’को युट्य़ूब च्यानलमा हेर्न सकिन्छ। गीतको भिडियोलाई मेलोडी नेपाल’पोस्ट प्रोडक्सन गरेको छ।