Logo
भिडियो

स्मिता दाहाल अब गायिका मात्र रहिनन्, आकर्षक मोडल पनि (भिडियो सहित)


काठमाडौं । बाल गायिका हुँदै चर्चामा रहेर अहिले बयस्क अवस्थामा पुग्दै गर्दा स्मिता दाहालले आफुमा बहु प्रतिभाको बिकास गरेकी छिन् । भर्खरै सार्वजनिक भएको मायाले बोलायो बोलको गीत मार्फत उनी मोडल समेत बनेकी हुन् ।

हरेक गीतमा लोभलाग्दो स्वर दिने स्मिताको एकल स्वर रहेको यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने दिक्षित पौडेलको एरेञ्ज रहेको छ । पोखराको रमणीय दृष्यहरु समेटिएको भिडियोमा स्मितालाई बोलाउँने मायालुको रुपमा सलोन बस्नेतले अभिनय गरेका छन् । 

स्मिता र सलोनका अलावा सुमिन गुरुङ, प्रकाश घिमिरे, गौतम धिमाल लगायतका अन्य कलाकारहरु पनि रहेका छन् । सलिन राना र अल्फा शाह ठकुरी बालकलाकार हरेको भिडियोमा शिशिर खातीको निर्देशन, शंकल भुजेलको छायाँकन र बनिश शाहको सम्पादन रहेको छ ।

स्मिता दाहालले पहिलो पटक बिपरीत मोडलसँग स्क्रिन शेयर गरेको भएपनि उनी कतै पनि नयाँ लाग्दिनन् । आफुले पाएको भूमिकामा कुशल अभिनय गरेर आफ्नो अभिनयको भविष्यलाई पनि सुरक्षित राख्न सफल देखिन्छिन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :