Logo

बैंकिङ

माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित



माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित भएको छ ।  बैंकले ले यही कात्तिक ६ गते पोखरामा २२ औ वार्षिक साधारणसभा डाकेको थियो। तर कोरोना संक्रमण बढिरहेको भन्दै अहिलेका लागि नगर्ने भएको हो। साथै नजिकिँदो दसैंका कारण शेयरधनीहरु साधारणसभामा उपस्थित हुन नसक्ने भएकाले पनि रोकिएको बैंकले जनाएको छ। 

बैंकले  गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद लाभांस र ७.०३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरिसकेको छ।  कर प्रयोजनसहित २८ करोड ५० लाख रुपैयाँ नगद लाभांस दिनेछ। त्यस्तै ५९ करोड ४६ लाख रुपैयाँ बोनस शेयर प्रदान गर्नेछ। असोज २१ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्नेछन्। 

बैंकले सर्वसाधारण समूहतर्फका तीन जना सञ्चालकको निर्वाचन गर्ने तयारी गरेको थियो। साभारणसभा स्थगित भएसँगै यो कार्यक्रम पनि रोकिएको हो।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ११:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।