Logo

आजको तस्बिर

टुँडिखेलमा तामाङ समुदायको ल्होसार, तस्बिरमा हेर्नुहोस्



काठमाडौं । तामाङ समुदायले आज प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व मनाउँदै छन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । पर्वका अवसरमा काठमाडौं टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल तामाङ घेदुङले पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । टुँडिखेलसहित बौद्ध क्षेत्र र स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदै छ ।

तस्बिरहरु हेर्नुहोस्

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १३:४५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।