काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ ।
आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रहि आएको छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।
यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । स्वयम्भुस्थित सरस्वती मन्दिरमा पनि सरस्वती पूजा गरिएको छ ।
तस्बिरहरु हेर्नुहोस्







































प्रतिक्रिया