Logo

अर्थ

भृकुटीमण्डपमा आठौँ ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’, उद्योगमन्त्रीले गरे उद्घाटन (तस्बिरहरु)



काठमाडाैं । आठौँ नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी राजधानीकाे भृकुटीमण्डपमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि.र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.को संयुक्त आयोजनामा प्रदर्शनी आज (शुक्रबार)देखि सुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरे । उक्त प्रदर्शनी जनवरी २९ सम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरुले सरकारप्रति गर्व महसुस गर्नेगरी काम गर्ने प्रतिब्द्धता जनाए । उनले सरकारले सधैँ उद्योगहरुलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्ने वातावरणको सिर्जना सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रेम आचार्यले गरेको आत्मदहको घटनालाई आधार मानेर नेपालको औद्योगिक र व्यवसायीक क्षेत्रमा रहेको समस्यालाई समाधान गर्ने प्रयासमा सरकार गम्भीर भएर लागि परेको उनले बताए ।

प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरूका स्टल रहने तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरूको व्यापक सहभागिता रहनेछ । फनिर्चर, प्लाइ उड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ७ वर्षदेखि कोसेढुङ्गा सावित हुँदै आएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति आम नागरिक बाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जीनियरस् तथा इन्टिरियर डिजाइनरहरूको सहभागिता रहेको छ । प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ ।

साथै प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरूमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको आयोजकले जनाएको छ ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १६:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।