केकी अधिकारी र गौरव पहाडी फिचर्ड ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एस एस गणेश र संगीत दिवान किनारको रहेको छ । गीतलाई संगीत संयोजन समेत संगिकार किनारले नै गरेका हुन्। भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
पशुपती म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सब दाहालले छायांकन गरेका भिडीयोमा ज्वतीको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ ।